७ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दे राष्ट्र बैंक

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ७ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । 

राष्ट्र बैंकका अनुसार उक्त ७ अर्ब २६ करोडको ट्रेजरी बिल ९१ दिनका लागि जारी गर्ने भएको हो । ट्रेजरी बिलका लागि मध्याह्न ३ बजे बोलकबोल हुनेछ । 

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् ।

यस अघि फागुन १९ गते केन्द्रीय बैंकले करिब १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।राष्ट्र बैंकका अनुसार त्यसबेला २८ दिनका लागि ३ अर्ब २५ करोड रुपैयाँको, ९१ दिनको ३ अर्ब १३ करोड रुपैयाँको र १ सय ८२ दिनका लागि ५ अर्ब ५२ रुपैयाँको ट्रेजरी जारी भएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया