काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी विप्लवले सरकारले सिके राउसँग गरेको सम्झौताले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले एक विज्ञप्ति जारी गर्दे आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
कट्टेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, एउटा विखण्डनकारीलाई सरकारले जुन सम्मान र हैसियत प्रदान गर्याे योे ओली सरकारको राष्ट्रघात र लम्पसारवादको भद्दा नमुना हो ।
कट्टेलले विज्ञप्तिमा भनेका छन्, ओली र राउत एउटा सिक्काका दुई पाटामात्रा हुन्, भन्ने विष्लेषण नेपाली राजनीतिक बजारमा विगतदेखिनै हुदै आएको हो । उनी निश्चित राजनीतिक मिसनको निम्ति वाह्य शक्ति केन्दद्वारा परिचालित पात्र हुन भन्नेकुरा जग जाहेर नै थियो ।
विज्ञप्ति:
हालै नेपाल सरकार र सिके राउत बीचमा भएको संझौताले नेपाल कम्युनिष्ट पार्टीको ध्यान गम्भिररुपमा आकर्षित भएको छ ।
(१) सिके राउत को गतिविधिलाई नेकपाले पहिलेनै परिचालनगर्ने पात्र फरक भएपनि भारतमा भएको खालिस्तान मुभमेन्टका भिण्डरावाले को समरुपको संज्ञा दिएको थियो । उनी निश्चित राजनीतिक मिसनको निम्ति वाह्य शक्ति केन्दद्वारा परिचालित पात्र हुन भन्नेकुरा जग जाहेर नै थियो । ओली र राउत एउटा सिक्काका दुईपाटामात्रहुन भन्ने विश्लेषण नेपाली राजनीतिक वजारमा विगतदेखिनै हुदैआएको कुरा पनि सार्वजनिक भएकै विषय हो ।
(२) ओलीसरकारले जसरी आफ्नो ट्रयाक समाल्दै गयो राउतको यो रुपको औचित्यता पनि क्रमसः सकिदै गयो र अर्को रुपमा राउतलाई परिचालकहरुले वदल्नुपर्ने आवस्यकता महशुस गरे अनुरुपनै यो संझौता भएको हो । यो कुनै अप्त्यासित घटना होइन । होली वाइन कन्फरेन्स अर्थात एसिया प्यसिफिक कन्फरेन्स ,इण्डोप्यासिफिक कन्सेप्टमा सहमति , डाभोस मिटमा सहमागिता र अमेरीकी सैनिक सहयोगमा सकारात्मकतापछी राउतसंगको संझौताको कडी जोडिएको कुरा प्रष्ट छ । रेशम चौधरीलाई आजिवनकारावास , सर्वोच्चवाट राउतको रिहाइ, भोलीपल्टै संझौता र लगत्तै विप्लवहरुलाई अपराधि घोषणा जस्ता विषयहरु पनि संयोग मात्र हुदैहोइन ।
(३) सतहमा हेर्दा एउटा पृथकतावादको नारावोकेको शक्ति देशको अखण्डतालाई स्विकार गरेर आउनुलाई सकारात्मक भन्न सकिएला । तर जुनशक्तिको आडमा योकाम भइरहेछ र पृथकतावादले जसरी मान्यता प्राप्त गरेको छ यो आउदा दिनमा अझै घातक बन्न सक्ने संभावना प्रवल छ । ओली सरकारको लम्पसारवादी चरित्रले देश माहाशक्तिहरुको रणनीतिकक्रिडास्थल बन्दै गएको कुरा नेपालकम्युनिष्ट पार्टीले पटक पटक सार्वजनिक गर्दै आएकोछ । अमुक शक्तिकेन्द्रको निर्देशनमा एउटा विखण्डनकारीलाई जुनसम्मान र हैसियत प्रदानगरियो योे ओली सरकारको राष्ट्रघात र लम्पसारवादको भद्दा नमुना हो । नेपाल कम्युनिष्ट पार्टी यस्तो कुकृत्यको विरोध गर्दछ र आउदा दिनहरुमा नेपालको स्वधिनतामा अझै गम्भिर चुनौति थपिने हुदा संघर्षरत रहन सबै देशभक्त नेपालीहरुलाई अपील गर्दछ ।
(ऋषिराम कट्टेल)
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी
प्रतिक्रिया