काठमाडौँ – इथियोपियाको आदिस अबासाबाट केन्याको राजधानी नैरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको छ ।
आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाईन्सको बोईङ दुर्घटना हुँदा १ सय ४९ यात्रु र चालक दलका ८ जनाको मृत्यु भएको हो ।
बिमानमा विभिन्न ३३ मुलुकका नागरिकहरु सवार रहेको एयरलाईन्सले जनाएको छ । उडान भरेको ६ मिनेटमै स्थानीय समय अुनसार विहान ८ बजेर ४४ मिनेट जादा बिशोफ्टु शहर नजिक बिमान दुर्घटनामा परेको बीबीसीले उल्लेख गरेको छ ।
दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनास्थलमा अहिले उद्दारकार्य जारी रहेको बताईएको छ ।
प्रतिक्रिया