३ अर्ब ७५ करोड लागतमा त्रिभुवन विमानस्थलको धावनमार्ग कालोपत्रे गरिदै, दैनिक १० घण्टा बन्द हुने

७ बर्ष अगाडि

काठमाडौँ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको 'रनवे' धावनमार्गमा नयाँ कालोपत्रे गरिने भएको छ । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार धावन मार्गको पुरानो कालोपत्रे हटाएर नयाँ कालोपत्रे गरिने भएको हो । प्राधिकरणका अनुसार पुरानो कालोपत्रे हटाएर नयाँ कालोपत्रे गर्नका लागि रु ३ अर्ब ७५ करोड खर्च लाग्ने भएको छ । 

प्राधिकरणका महानिर्देशक सज्जीव गौतम भने, कालोपत्रे दैनिक ८० मिटरका हिसाबले गरिनेछ । उक्त नयाँ कालोपत्रे गरेपछि विमानस्थलको रनवेमा ३० वर्ष सम्म कुनै समस्या नआउने गौतमको भनाइ छ । 
प्राधिकरणका अनुसार रनवेको कालोपत्रे गर्ने कार्य चैत १८ गतेबाट सुरु हुनेछ, भने राति १० घण्टा विमानस्थल बन्द हुनेछ । कालोपत्रको काम शुरू भएपछि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द  हुनेछ । 
यसअघि चारपटक कालोपत्रे थप्ने कार्य भएतापनि कालोपत्रे फेर्ने कार्य भने पहिलोपटक हुन लागेको हो । कालोपत्रे नफेरेका कारण विमानस्थलको धावनमार्ग फुट्ने र उक्किने भइरहेको छ । 

कालोपत्र फेर्ने काम चिनियाँ कम्पनी चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङ कर्पोरेशनले पाएको छ । गत मंसिरमा प्राधिकरण र कम्पनी वीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया