काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहमा जाने सहमति नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा सहमतिका बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सहमतिमा जनमत संग्रहको कुरा नगरेको बताए ।
गृहमन्त्री थापाले संविधानले प्रदेशलाई अलग्गै देश बनाउनका लागि जनमत संग्रह गर्ने अधिकार नदिएको भन्दै उनले जनमत संग्रहका लागि सरकारले सहमति गरेको भन्ने भ्रम नछर्न आग्रह समेत गरे ।
उनले सीके राउत नेतृत्वको गठबन्धन नेपालको संविधान र सार्वभौमिकता स्वीकार गरेर सहमतिमा आएको उनले दावी गरे ।
उनले कसैलाई धोका दिनका लागि सहमति नगरिएको बताए । ‘सरकार र गठबन्धनले एकअर्कालाई धोका दिने भन्ने चर्चा पनि छ’, उनले भने, ‘सरकारलाई धोका दिन खोजे उनीहरु समाप्त हुन्छन् ।’
प्रतिक्रिया