काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले सिके राउतसग भएको सहमतिमा कुनै संविधान विरोधी कार्य नभएको बताएका छन् ।
आज प्रतीनिधीसभामा सांसदहरुको प्रश्नको जवाफ दिदै बादलले सिके राउतको समस्यालाई राजनीतिक रुपमा हल गरेको बताए ।
स्वतन्त्र मधेस र सरकारले एक अर्का मार्फत आत्मसमर्पण नगरेको भन्दै उनले सरकारले राष्ट्रको भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा गरेको बताए ।
उनले यो कुनै आत्मसमर्पण नभएको पनि बताए । सहमतिको सबै बुदा स्पष्ट भएको भन्दै थापाले सहमतिको प्रत्येक बुदा स्पष्ट भएको बताए । उनले स्पष्ट कुरालाई अस्पष्ट पार्ने पर्यत्न भएको पनि बताए ।
प्रतिक्रिया