काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् ।
काठमाडौँमा फागुन २६ देखि २८ गतेसम्म सञ्चालन हुने खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता भएको उनले बताए ।
ओलीले राउत समूहले आफ्ना आग्रह छोडेर मूलधारको राजनीतिमा प्रवेश गर्यौं भन्ने घोषणाका साथ सरकारसँग सहमति गरेको बताए । उनले भने, ‘अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन, समूह, संगठन केही छैन नेपालमा ।’
सरकार र राउत समूहबीच भएको सहमतिमाथि गरिएको आशंकाप्रति उनले असन्तुष्टि जनाए । ‘पृथकतावाद छाडेर मूलधारमा आउनु र ल्याउन सफलता र सकारात्मक होइन भने के हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘शंका छ रे ? भन्ने कुरा भनिराखेको छ उसले । फेरि शंका छ रे ? शंका, षड्यन्त्र, धोकामाथि मेरो विश्वास छैन ? ।’ सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता भएको भन्दै ओलीले असन्तुष्ट भएका नेतालाई आफुमाथि विश्वास छौन भन्ने तर्क गरेका थिए ।
प्रतिक्रिया