समाजमा बोक्सी हुने भए निर्वाचनमा विरोधीलाई टोकेरै सिध्याउँथे : प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

रौतहट – प्रधानमन्त्री केपी ओलीले मुलुकबाट अन्धविश्वास अन्त्य गरिने बताउनु भएको छ ।

प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा भएको कार्यक्रममा बोल्दै उहाले भन्नुभयो, ‘अन्धविश्वासले तराईलाई अझ बढी गाँजेको छ । बोक्सीको बहानामा महिलालाई कुटपिट गर्ने , चरम यातना दिने क्रम रोकिएको छैन ।’

प्रधानमन्त्री ओलीले समाजमा बोक्सी नहुने उल्लेख गर्दै त्यसको बाहनामा कसैलाई पनि कुटपिट गर्ने र यातना दिन नहुने बताउनु भयो ।
‘समाजमा बोक्सी हुँदैन, समाजमा बोक्सी हुने भए निर्वाचनमा विरोधीलाई टोकेरै सिध्याउँथे । बोक्सी संसारमा कहीँ हुँदैन । कोही बोक्सी छ भने मलाई खाओस्’ उहाँले भन्नुभयो, बोक्सीको बहनानामा कसैलाई कुटपिट गर्नु र यातना दिनु गम्भीर अपराध हो । त्यस्ता व्यक्तिलाई कारबाही हुन्छ । कारबाही गरिन्छ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टीलाई सरकारविरुद्ध नलाग्न चेतावनी दिनुभयो । ‘जनतालाई झुक्याएर एक पटक भोट पाउँदैमा कसैले पनि आफूलाई सर्वेसर्वा नठाने हुन्छ’ उहाँले राजपाप्रति लक्षित गर्दै भन्नुभयो । उहाँले अर्को निर्वाचनमा प्रदेश २ मा नेकपा पहिलो पार्टी हुने दाबी समेत गर्नुभयो ।

७ बर्ष अगाडि

प्रतिक्रिया