कांग्रेस सांसद अमरेशकुमारले कसे दोस्रो पटक लगनगाँठो

७ बर्ष अगाडि

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं सांसद् डाक्टर अमरेशकुमार सिंहले दोस्रो बिहे गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग शनिबार (आज) बंगलामुखी मन्दिरमा विवाह गरेका हुन् ।

सर्लाहीबाट चुनाव जित्दै आएका सांसद सिंहले यसअघि झापाकी एक युवतीसँग २०६४ सालमा विवाह गरेका थिए । पछि उनको २०६७ सालमा डिभोर्स भएको थियो ।

भारतको कुमायू विश्वविद्यालयबाट पढेकी जोशीको पहिलो विवाह महेन्द्रनगरमा भएको थियो । सिंह र जोशी दुबैजना विवाहित हुन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया