काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभामा आज रौतहटमा हुँदैछ ।
नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । आम सभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ ।
नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गर्न लागेको हो ।
सत्यनारायण मण्डलले भन्नुभयो , ‘मधेस र यहाँका जनतामाथि भएको विभेद , गरिबी, पछौटेपनको अन्त्य गर्न नेकपाले मात्रै सक्छ भन्ने यो जनसभामार्फत सन्देश दिन लागेका हौँ ।’
संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा गर्न नसकेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको साहले बताए । साथै प्रदेश( २ सरकारले गरेका राम्रा कामबारे केन्द्र सरकारलाई जानकारी गराउने उद्देश्यले समेत सभा आयोजना गरिएको उनको भनाइ छ ।
मधेसकेन्द्रित दल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता ल्याएलगत्तै स्वतन्त्र मधेसको माग गर्दै पृथकतावादी आन्दोलन चलाउँदै आएका डा सीके रावतसँग सरकारले ११ बुँदे सहमति गर्नु र त्यसको भोलिपल्टै प्रधानमन्त्रीसहितका नेकपा नेताहरु मधेस झर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया