अब मूलधारको राजनीति गर्छु : सिके राउत

७ बर्ष अगाडि

काठमाडौँ –  ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक डा. सिके राउतले मधेशका समस्या समाधान गर्ने सन्दर्भमा भएको सहमतिको नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक स्थान रहेकाले सबैलाई खुशी तुल्याएको बताउनु भएको छ  । 

नेपाल सरकार सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “केही वर्षदेखि देशमा विकराल समस्याका रुपमा उठेको मुद्दाप्रति राज्य र हामी कसरी समाधान गर्ने भन्नेमा निकै चिन्तित थियौँ । यो विषय आज सहज, शान्तिपूर्ण र सुरक्षित रुपमा अवतरण भएको छ । आज यो दिन साँच्चिकै ऐतिहासिक रहेको छ ।” 

राउतले भन्नुभयो, “हामी बुद्धका सन्तान हौँ, अहिंसा हाम्रो भाव हो, गान्धी र बुद्धको आदर्श मान्दै आएका थियाँै, राज्यद्वारा दमन गरिए पनि हामीले कहिल्यै प्रतिशोध गरेनौँ, बरु दमन गर्नेलाई गुलावको फूल दिने अभियान चलाएका थियौँ । वर्तमान सरकारले सहमति गराएको छ ।’ 

प्रधानमन्त्री ओलीले आफ्नो स्तरबाट मुद्दाको पक्षलाई बुझेर राजनीतिकरुपमा प्रयत्न र सन्देश प्रदान गर्नुभएको भनी त्यसका लागि उहाँ धन्यवादका पात्र भएको राउतले जनाउनुभयो । सकारात्मक सोचका आधारमा मुलुकलाई समृद्धितर्फ अघि बढाउन सबैलाई साथ र सहयोग पु¥याउने आग्रह पनि उहाँले गर्नुभयो । उहाँले आफ्नो अधिकारको लागि आफूहरु लडेको उल्लेख गर्दै समुदाय समुदायबीच फाटो ल्याउने पक्षलाई स्थान नदिइ विकास, समृद्धि र सुख प्राप्तिको कामका लागि सबै लाग्न आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुन्थ्यो । 

७ बर्ष अगाडि

प्रतिक्रिया