सैन्य कमाण्डरदेखि गृहमन्त्रीसम्म राम बहादुर थापा बादलको जिवन

७ बर्ष अगाडि

काठमाडौं – विसं २०१२ साल वैशाख १९ गते पिता कर्णबहादुर र माता नन्दकुमारीका जेठा छोराका रुपमा गुल्मीमा जन्मिएका थापाले रामपुर कृषि क्याम्पसबाट बिएस्सीएजी गरेका छन् ।

बादलका पीता कर्णबहादुर थापा इण्डियन आर्मीको लेफ्टिनेन्ट कर्णेलवाट अवकाशप्राप्त व्यक्ति हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग विसं २०३१ मा रामपुर कृषि क्याम्पसमा भेट भएपछि शुरु भएको सहकार्य आजसम्म निरन्तर छ ।

माक्र्सवादी अध्ययन समूह बनाएर नेपाली कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका नेता थापालाई हालका माओवादी केन्द्रका नेता अमिक शेरचनले कम्युनिष्ट पार्टीको सदस्यता दिएका थिए। तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्व’ का एक मुख्य पात्र बादल नवनियुक्त गृहमन्त्री हुन् ।  गृहमन्त्री पार्टीभित्र संगठन विभाग सम्हालेका उनी कुशल नेताको रूपमा परिचित छन् ।

राजनीतिक यात्रा

१. ०३७ सालमा पार्टी सदस्यका लागि ‘लालसिंह’ नामबाट निवेदन दिएर राजनीतिक यात्रा सुरु
२. विसं २०४२ मा नेकपा९मशाल०को केन्द्रीय सदस्य
३. विसं ०४४ सालमा उनी वाग्मतीको इञ्चार्ज
४. विसं ०५२ सालमा जनयुद्धमा प्रचण्डसँगै वादल पनि होमिए
५. माओवादीको महासचिव, संगठन विभाग प्रमुख र सैन्य कमाण्डरका रुपमा समेत जिम्मेवारी निर्वाह
६. संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित
७. पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री
८. वैद्यको नेतृत्वको तत्कालीन माओवादी फुटाएर नयाँ पार्टी बनाएका नेता थापा २०७२ सालमा बृहत् वाम एकताको अवधारणासहित पार्टी एकतामा समाहित
९. पछिल्लो पटक राष्ट्रियसभा सदस्यमा निर्वाचित
१०. गृहमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार प्रवेश

जेल जीवन

०३८ सालको राष्ट्रिय पञ्चायतको चुनाव बहिस्कारमा लागेका बादल पक्राउ परे । उनी भरतपुर र वीरगञ्जको जेलमा ९ र १० महिना बसेपछि छुटेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया