नारी हिसा र सम्मानमा सरकार चुक्यो : रासपा अध्यक्ष

७ बर्ष अगाडि

काठमाडौ –  रासपा, नेपालका सम्योजक एवम सस्थापक नेता रुद्र जङ पुलामीले देशभित्र महिलामाथि हुने हिसा र सम्मानमा नेकपा सरकार चुकिरहेको बताएका छन ।

नेपाली समाजलाई महिलामैत्री तुल्याउन नसक्नु , विद्यमान दाइजो प्रथा, बोक्सीको आरोपमा हुने अत्याचार , यौन दुर्व्यवहार तथा बलात्कार , छाउपडी प्रथा, र हिसाका घटना बढ्दै जानु र नारी दिवस कर्मकाण्डीमा मात्र सिमित गर्नु सरकारको असक्षमता भएको आरोप लगाउनु भयो ।

१०९ औ अन्तराष्टृय नारी दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै,  पुलामीले बलात्कार र हत्या जस्ता जघन्य अपराधलाई न्यूनिकरण गर्न सरकार असफल भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । साथै, महिलामाथी हुने विद्यमान विभेद , अव्यवस्था र कुरीतिको अन्त्य गर्दै समानता र न्यायमा आधारित उन्नत नेपाली समाज निर्माणमा आफ्नो दल प्रतिबद्ध रहेको उल्लेख गर्दै पुलामीले १०९ औ अन्तराष्टृय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गरेका छन।

आधा धर्ती र आधा आकाश महिला वर्गका वास्तविक मुक्तिका खातिर एकतावद्ध भएर लड्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।  पुलामीले सिमित महिलाका तप्का शासनमा सहभागी भए पनि प्रमुख दल र सरकार नै पृतृसत्तावादको पक्षमा रहेकाले नेपाली महिला वर्गले सन्तोष गर्न सक्ने अवस्था नभएको कुरा समेत सन्देशमा उल्लेख गरेका छन ।

७ बर्ष अगाडि

प्रतिक्रिया