काठमाडौँ – स्वतन्त्र मधेसको एजेण्डासहित आन्दोलनरत सिके राउतले आफुले नेतृत्व गरेको स्वतन्त्र मधेस गठनबन्धन बिघंठन गरि नेकपा प्रवेशको तयारी गरेका छन ।
आजै दिउँसो गठबन्धन बिघंठन गर्ने तयारी भएको राउत निकट स्रोतले जानकारी दिएको छ ।
अहिले नेपाल कम्युनिस्ट पार्टी सचिवालयको बैठक बालुवाटारमा जारी छ । बालुवाटर बैठकले सीके राउतका सन्दर्भमा विशेष निर्णय गर्ने जनाइएको छ । तर बालुवाटार सौतले भने सीके राउत नेकपामा प्रवेश गर्लान् ? भन्ने प्रश्नमा बालुवाटार स्रोतले केही जवाफ दिएको छौन ।
राज्यद्रोहको मुद्दामा हिरासतमा रहेका राउत र नेकपाको नेतृत्वबीच भित्रभित्रै भएको वार्तामा राउतले पृथकतावादी गतिविधि परित्याग गर्न आफुले नेतृत्व गरेको पार्टी समेत बिघठन गरि नेकपा प्रवेश गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका हुन्।
सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने बताइएको छ। राउत बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए।
प्रतिक्रिया