तनहुँ हाइड्रोपावर: इटालियन कम्पनीको ८७ लाख ४९ हजार युरो कार्यसम्पादन जमानत इन्भेस्टमेन्ट बैंकले तिर्ने

७ बर्ष अगाडि

काठमाडौं – कूल ५० अर्ब ५० करोड लागतको तनहुँ हाइड्रोपावर लिमिटेडले नयाँ ठेक्का प्रक्रिया सुरु गरेको छ ।

कूल १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेपछि नयाँ ठेक्का प्रक्रिया सुरु गरेको हो ।

यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले ले गत  माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो ।

 गत ७ फागुन मा ठेक्का तोड्नका लागि सूचना दिइएकोमा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले यही फागुन २२ गते ठेक्का सम्झौता रद्द गरिएको जानकारी सिएमएसीलाई गराएको छ ।

खरिद सम्झौता रद्द गर्नु पर्ने कारणहरुमा खरिद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न दिइएको आदेश सिएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैक ग्यारेन्टी ल्याउन नसकेको,कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेका छन् ।

तनहुँ हाइड्रोपावर लिमिटेड र सिएमसीबीच गत असोज १५ मा २० अर्ब ६४ करोड ५२ लाख रूपैयाँ मा  खरीद सम्झौता भएको थियो ।

तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सिएमसीले कार्यसम्पादन जमानत वापत राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँसमेत जफतको लागि दावी गरेको छ ।

साथै सिएमसीकातर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले यही हप्ताभित्रमा दावी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख(प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले ८५ मिलियन र नेपाल सरकाररनेपाल विद्युत प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर रहेकोछ । 

७ बर्ष अगाडि

प्रतिक्रिया