मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिन्छौ : मुख्यमन्त्री राउत

७ बर्ष अगाडि

राजविराज – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुक ढिला सुस्तीका कारण अगाडी बढ्न नसकेको बताउनुभएको छ । 

राजपा र फोरमद्वारा संयुक्त रुपमा सप्तरीको राजविराज नगरपालिका–९ मलेठ घटनामा ज्यान गुमाएका पाँच जना शहीदको दोस्रो पुण्य तिथिको अवसरमा  आयोजना गरिएको श्रद्घाञ्जलिसभालाई सम्बोधन गर्दै उहाँले सङ्घीय सरकारले प्रदेशलाई अधिकार दिएपछि आफू कमजोर हुने डरले प्रदेश सरकारलाई पूरा अधिकार नदिएको आरोप लगाउनुभयो । 

उहाँले सरकारी स्तरबाट गठित आयोगको टोली र राष्ट्रिय मानव अधिकारको टोलीले मलेठ घटनाको भ्रामक र झूठो प्रतिवेदन तयार पारेको जिकिर गर्नुभयो । प्रदेश सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन केही दिनमै सार्वजनिक हुने र दोषीलाई कारवाही गरेरै छाड्ने उहाँले प्रतिबद्घता व्यक्त गर्नुभयो । मुख्यमन्त्री राउतले मन्त्री परिषद्को पहिलो बैठकले नै मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने निर्णय गरिसकेको बताउनुभयो । “प्रदेशमा उपलब्ध स्वास्थ्य, शिक्षालगायत सेवा उपलब्ध गराउने तयारीमा छौँ”, उहाँले भन्नुभयोे । उहाँले मधेसी निजामति कर्मचारी पाँचथरद्वारा उपलब्ध गराइएको रकम रु पाँच÷पाँच हजारका दरले मलेठ घटनामा शहीद भएका पाँचैजनाका परिवारलाई प्रदान गर्नुभयो ।

७ बर्ष अगाडि

प्रतिक्रिया