देउवालाई प्रकाशमानको प्रश्न : नीति कार्यक्रम खोई ?

७ बर्ष अगाडि


काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् ।

नेता सिंहले पार्टीमा विद्यमान चुनौतिलाई चिरेर अघि बढ्न आवश्यक नीति तथा कार्यक्रम नभएको भन्दै तत्काल त्यस्ता कार्यक्रम ल्याउन सुझाव दिए ।

पार्टी निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको ८ औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले पार्टीलाई संस्थागत ढंगले अघि बढाउन नसकेकै कारण पार्टी सामू चुनौति थपिदै गएको दावी गरे ।

‘जनताको अपेक्षा भन्दा पनि व्यक्तिको पछि लाग्ने प्रवृत्ति छ यसले पार्टी कमजोर भन्दै गएको सपष्ट छ ’ नेता सिंहले भने ।

काँग्रेस नेता सिंहले जनताको समृद्धिको चाहनालाई पूरा गर्न वित्तीय क्षेत्र अनुशासित हुनुपर्ने धारणा पनि राखेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया