सशस्त्र प्रहरीमा ३२९७ जना जवानका लागि भर्ना खुला

७ बर्ष अगाडि

काठमाडौ–सशस्त्र प्रहरी बलले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरेको छ । 
सशस्त्र प्रहरी बलको शुक्रबार प्रकाशित सूचनाअनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरिएको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि आगामी चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन् । 


 

७ बर्ष अगाडि

प्रतिक्रिया