नेताहरुको निधनको पीडालाई अब शक्तिमा बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टाीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटनमन्त्री रविन्द्र अधिकारी नेता भरतमोहन अधिकारीको निधनबाट पाठ सिकेर उहाँहरुको सपना पुरा गर्न लाग्नुपर्ने बताएका छन् ।

दिवंगत पार्टीका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र नेता भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले दुबै नेताहरुको निधनले ठुलो पीडा भएको भन्दै त्यो पीडालाई अब शक्तिमा बदल्नुपर्ने बताए ।

राष्ट्रले अकल्पनिय क्षति बेहोर्नुपरेको भन्दै प्रचण्डले दिवंगत नेताका परिवारलाई पनि नेताहरुको सपना पुरा गर्न संकल्प गर्न आग्रह गरे । मन्त्री अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा र पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको फागुन १८ गते उपचारका क्रममा निधन भएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया