दुई किलो सुनसहित दुई जना पक्राउ

७ बर्ष अगाडि

धनगढी – कैलालीको चिसापानीमा गए राति प्रहरीले दुई किलो ३०० ग्राम सुन र चाँदीका पूजा सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ । 

चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र केसीले पूर्वबाट धनगढीतर्फ आउँदै गरेको बा१९च ७४१३ नंको जीप राति १०ः४५ बजे चिसापानीमा पुगेको समयमा चेकजाँच गर्दा उक्त परिणामको सुन र चाँदीका सामग्री बरामद भएको जानकारी दिनुभयो । 

जीप चालक कैलालीका रमेश सैँजु र जीपमा सवार सिखा चौधरीलाई नियन्त्रणमा लिइएको छ । चालक सैँजुलाई प्रमाण देखाउन आग्रह गरिएकामा सबै बिल रसिद देखाउन नसकेपछि उक्त सामग्री बरामद गरिएको केसीले बताउनुभयो । 

७ बर्ष अगाडि

प्रतिक्रिया