काठमाडौं – पिएसजीका स्टार स्ट्राइकर नेयमारले बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी दिने निर्णय खेलकै अपमान भएको प्रतिक्रिया दिएका छन् ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले पेनाल्टीलाई सदुपयोग गर्दै पिएसजीलाई हराउँदै अन्तिम ८को स्थान सुरक्षित गरेको छ ।
त्यसपछि प्रतिक्रिया दिँदै चोटका कारण मैदान बाहिर रहेका नेयमारले युनाइटेडलाई पेनाल्टी दिनु फुटबल खेलकै अपमान भनेका हुन् ।
पिएसजीको मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा युनाइटेडले ३–१ को जित निकाल्दै समग्रमा ३–३ को बराबरी गरि अवे गोलका आधारमा क्वाटरफाइनलमा स्थान बनाएको छ ।
पिएसजीको यात्रा रोक्नमा इन्जुरी समयमा ह्याण्डबलका कारण म्यानचेस्टर युनाइटेडले पाएको पेनाल्टी कारक बन्यो ।
प्रतिक्रिया