काठमाडौँ – सांसद हृदेश त्रिपाठीले टिकापुर हत्याकाण्डका प्रमुख रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय गरेर अन्याय गरेको टिप्पणी गरेका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै त्रिपाठीले भने, सांसद रेशम चौधरीबारे हिजो कैलाली जिल्ला अदालतले फैसला गरेको छ, न्याय गरेको छैन ।
आज बिहानमात्रै एकजना पूर्वप्रधानन्यायाधीशले हाम्रा अदालतले फैसला मात्रै गर्छन् न्याय गर्दैनन् भन्नुभयो,। जुन सांसद रेशम चौधरीको हकमा पनि भयो,त्रिपाठीले भने ।
त्रिपाठीले चौधरीको मुद्दामा अदालतले फैसला गरेको तर न्याय नगरेको बताए।
प्रतिक्रिया