अब देशव्यापी आन्दोलन चर्काउँछौं : राजेन्द्र महतो

७ बर्ष अगाडि

काठमाडौँ – टिकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीविरुद्ध अदालतको फैसला आएपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले आपत्ति जनाएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताएका छन् । उनले एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस जेल जानु पर्ने भए प्रचण्ड, ओली, शेर बहादुर देउवा पनि जेल जानु पर्ने बताए ।

कैलाली जिल्ला अदालतले टीकापुर हत्या प्रकरणमा रेशमलाल चौधरीसहित ११ जनाविरुद्ध बुधवार जन्मकैदको सजाय सुनाएको थियो । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा ठूलो मतान्तरसहित विजयी भएका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया