श्रीमान् पसिना बगाउन व्यस्त, श्रीमती जुवाको खालमा मस्त

७ बर्ष अगाडि

काठमाडौँ - महानगरीय प्रहरी परिसर काठमाडौँले सामाजिक विकृति विरुद्धको कारवाही अभियानअन्तर्गत राजधानीमा जुवाडेहरूलाई पक्राउ गर्न थालेको छ । 

महानगरीय प्रहरी कार्यालय र परिसरले यस हप्ता गोकर्णेश्वर, गोंगबु नयाँबसपार्क, मित्रनगर, कुलेश्वर ह्वाइट र तारकेश्वरमा छापामारी ५० जनालाई जुवा खेलेको अभियोगमा पक्राउ गरेको छ । उनीहरूका साथबाट करिब १८ लाख ९० हजार रुपियाँ बरामद भएको छ । 
काठमाडौँ परिसर प्रमुख विश्वराज पोखरेलका अनुसार तारकेश्वर कैलाशटोलस्थित कोपिला अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच लाख ३१ हजार रुपियाँसहित १७ जना र कुलेश्वर ह्वाइटस्थित अजयकुमार शाक्यको घरबाट दुई लाख रुपियाँसहित १७ जना जुवाडे पक्राउ परेका छन् । 
त्यस्तै, गोंगबुबाट पाँच लाख ९३ हजार रुपियाँसहित पाँचजना र गोकर्णेश्वरस्थित पूर्ण लामाको घरबाट छ लाख ४० हजार रुपियाँसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवा अखडाबाट पक्राउ परेका अधिकांश महिलाहरूका श्रीमान् वैदेशिक रोजगारीमा गएको पाइएको छ । 
‘श्रीमान् विदेशमा दुःख गर्ने, तर श्रीमती अर्कै व्यक्तिसँग टाँसिएर जुवा अखडामा मस्ती गर्ने गरेका छन्” परिसर प्रमुख पोखरेलले भने । जुवा खालमा नगद खर्च गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको छ । जुवाका अखडाबाट एक आपसमा चिनजान हुने र जुवा जित्नेले मनोरञ्जन गराउने भन्दै महिलाहरूलाई राति डिस्को, डान्स र दोहोरीमा लैजाने गरेको पाइएको छ, गोरखापत्रमा खबर छ  । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया