बिनोद चौधरीको एक वर्षमै २२ अर्ब सम्पत्ति बढ्यो

७ बर्ष अगाडि

काठमाडौँ – नेपालका अर्वपति विनोद चौधरीले एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गरेका छन् ।

फोब्र्सले सार्वजनिक गरेको सुचीमध्ये चौधरीको सुची १३ सय ४९ औं स्थानमा छन्। चौधरीको सम्पत्ति १.७ अर्ब डलर देखिएको छ।

नेपालका एक्ला अर्बपति विनोद चौधरीको सम्पत्तिमा बृद्धि समेत भएको छ । उनीसँग १.७ अर्ब डलर सम्पत्ति छ। गत वर्ष उनी १.५ अर्ब डलर सहित बिलेनियर क्लबमा थिए। 

नेपालका एक्ला अर्बपतिका रुपमा फोर्ब्सले ६३ वर्षका बिनोदलाई राखेको छ । सिजी कर्प ग्लोबल तथा नबिल बैंकको शेयरमा ठूलो हिस्सा होल्ड गरेका चौधरीको विद्युतीय उपकरण, खाद्य सामाग्री, बियर उत्पादन तथा होटलहरुमा रहेको लगानीले सम्पत्ति बढाउन मद्दत गरेको फोर्ब्सले जनाएको छ।

चौधरीको सिजी फुड्स अन्तर्गतको वाइवाइ नुडल्सले भारत, सर्बिया, साउदी अरेबिया तथा बंगलादेशबाट उत्पादन गरिरहेको पनि फोर्ब्समा उल्लेख छ।  चौधरीको सिजी फुड्स अन्तर्गतको वाइवाइ नुडल्सले भारत, सर्बिया, साउदी अरेबिया तथा बंगलादेशबाट उत्पादन गरिरहेको पनि फोर्ब्समा उल्लेख छ। 

चौधरीले यस वर्ष २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप कमाएका छन् । बुधबारको विनिमय दर अनुसार भौधरीको सम्पति २२ अर्ब ६१ करोड ८० लाख हुन्छ ।
चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ । गत वषै उनको सम्पत्ति १ खर्ब ७० अर्ब बराबरको थियो ।

फोब्र्सले यसवर्ष २ हजार १५३ डलर अर्बपति पहिचान गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया