काठमाडौं – राष्ट्रिय समाजवादी पार्टी नेपालले राहात तथा बालविकास कोटाका शिक्षकहरुले गरेको आन्दोलनमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ । राहत शिक्षकले गरेको शान्तिपूर्ण प्रदर्शनमा व्यापक धरपकड, दमनकारी शैलीमा हस्तक्षेप भएको भन्दै विरोभ गरेको हो ।
राष्ट्रिय समाजवादी पार्टी, नेपालले विज्ञप्ति मार्फत सामुदायिक विध्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाण्डौको नया बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको लाठिचार्ज र पानीको फोहोराबाट दर्जनौ शिक्षक घाइते भएकोप्रति दु:ख व्यक्त गरेको छ ।
पार्टीका सस्थापक केन्द्रीय अध्यक्ष रुद्र जङ पुलामीले विज्ञप्तिमार्फत शान्तिपूर्ण ढङ्गबाट आफ्ना जायज माग राखी प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाएर अधिनायकवादी चरीत्र प्रदर्शन गरेको बताए ।
पुलामीले नेपाल सरकारसँग राहत शिक्षकको माग अविलम्ब पूरा गर्न आग्रह गरेको छन् । पुलामीले विज्ञप्ति मार्फत आन्दोलनमा घाइते भई हाल उपचाररत शिक्षकहरुको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रतिक्रिया