धनगढी – गृहमन्त्री रामबहादुर थापा बादलले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा गहन अनुन्धान भइरहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री बादलले पत्रकारसँग कुरा गर्दे निर्मला पन्त प्रकरणमा गहन अनुसन्धान भइरहेको बताए ।
उनले अनुसन्धान जारी रहेको बताए । उनले थपे शूरुमा हाम्रा केही निकायहरुको लापारवाहीका कारण गर्दा अनुसन्धानमा जटिलता भएको हो, र अहिले अनुसन्धान जारी छ ।
छिटो भन्दा छिटो हामी अपराधीलाई कानुनको कठघरामा ल्याउछौ थापाले भने ।

प्रतिक्रिया