काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको माथिल्लो तामाकोशी आयोजना आगामी मंसिरमा निर्माण सम्पन्न गर्ने घोषणा गरिएको भएपनि भारतीय ठेकेदार कम्पनीका कारण थप एक वर्ष पर धकेलिने भएको छ ।
आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा भारतीय कम्पनी लापरवाहीका कारण हालसम्म निर्माण सामग्री नै पुर्याउन सकेको छैन । ठूला सवारी साधन नचल्ने भन्द भारतीय कम्पनीले जाना जान सामान आयात गर्न अटेर गरिरहेको छ । भारतीय ठेकेदार कम्पनीको ज्यादतीका विरुद्ध न त आयोजना प्रमुख बोल्न सकेका छन् , न त नेपाल विद्युत् प्राधिकरण नै । सो आयोजनाको सबैभन्दा जटिल मानिएको ३१० र ३७० मिटर लामो दुई वटा ठाडो सुरुङ रहेका छन् । ती सुरुङमा स्टिल लाइनिङको काम गर्नुपर्दछ । करिब १५ मिटर लामा स्टिलका पाता उक्त सुरुङमा ढलान गरेर राख्नु पर्दछ । सो पाता आयातमा नै भारतीय ठेकेदार कम्पनीले अटेर गरिरहेको छ ।
भारती ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लक्ष्यअनुसार कार्य नगर्दा आयोजना ढिला सम्पन्न हुने भएको हो । लट–२ को ठेकेदार टेक्सम्याकोले लक्ष्य अनुसार कार्य नगरिदिँदा समयमा नै आयोजनको काम सम्पन्न गर्न ठूलो चुनौतीका रुपमा देखिएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले पनि सो विषयलाई स्वीकार गरेका छन् ।
आयोजनाको निर्माण कार्य करिब ९४ प्रतिशत सम्पन्न हुँदा समेत भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोको ठेक्काको ४० प्रतिशत पनि कार्य सम्पन्न हुन सकेको छैन । टेक्सम्याकोले हाइड्रोमेकानिकल अन्तर्गत बाँधस्थलको गेट हबसम्वन्धी कार्यहरु मात्र लक्ष्य अनुसारको गरेको भए पनि पेनस्टक पाइपको ढुवानीको कार्य भने २५ प्रतिशत मात्र सम्पन्न गरेको छ ।
टेक्सम्याकोले ढुवानी गरी जडान गर्नु पर्ने करिब ५ मिटर लम्बाई र ३ दशमलब ६ गोलाई भएको करिब १ सय ६० ओटा पेनस्टक पाइपमध्ये आयोजनास्थलमा करिब ४० ओटामात्र ढुवानी भएको छ ।
आयोजना व्यवस्थापनले कम्तिमा २० ओटा गाडीबाट ढुवानी गर्न पटकपटक पत्राचार गरे पनि अटेर गरी भारतीय ठेकेदार कम्पनीले ३ ओटा गाडीले मात्र ढुवानी गरिरहेको पाईएको छ ।
टेक्सम्याकोले एउटा पेनस्टक पाइप सिमरादेखि सिन्धुपाल्चोकको सुनकोशीसम्म ५ दिन र सुनकोशीबाट आयोजनास्थल लामाबगरसम्म करिब १२ दिन लगाएर ढुवानी गर्ने गरेको तथ्याङ्कले बाँकी १२० ओटा पेनस्टक पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने देखिएको छ । आयोजनाको ३७३ मिटरको ठाडो सुरुङ, १०० मिटरको तेर्सो सुरुङ र ३१० मिटरको अर्को ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्नु पर्ने हुन्छ ।
नेपाल विद्युत् प्राधिकरण उच्च स्रोत माथिल्लो तामाकोशी आयोजनाले निर्धारित समयमा विद्युत् उत्पादन गरेमा भारतलाई बार्षिक करिब रु. १६ अर्ब घाटा लाग्ने हुँदा भारतीय कम्पनीकै इशारामा आयोजना समयमैं सम्पन्न गर्न ठेकेदार कम्पनीले ढिलाई गरिरहेको बुझिएको बताउँछ ।
ठेकेदारको अटेरीका कारण समय थप्ने र आयोजनाको लागत बढाउने खेल भइरहेको छ । हाल करिब रु ४० अर्ब खर्च भइसकेको छ । आयात थप रु १५ अर्ब बढाउने खेल भइरहेको छ ।
तर ठेकेदार कम्पनीलाई काम लगाउने र तोकिएको समयमा निर्माण सम्पन्न गराउने तर्फ कुनै पनि निकायले ध्यान दिन सकेको छैन । समय र लागत थप गर्ने अभियानमा आयोजना प्रमुख विरेन्द्र श्रेष्ठसमेत संलग्न भएको बताउन थालिएको छ । तर श्रेष्ठले भने आफू तोकिएको समयमा आयोजना सम्पन्न गराउन तयार रहेको बताउँदै आएका छन् । कामको गति हेर्दा आगामी २०७५ को मंसिरमा आयोजना सम्पन्न हुने सम्भावना करिब करिक अन्त्य भइसकेको छ ।
कुल ६८० मिटर लामो स्टिल पाइप ल्याउन मात्रै हालको कार्यशैलीले थप तीन वर्ष लाग्ने देखिएको छ । चाँडै सामग्री ल्याइयो भने पनि थप डेढ वर्ष लाग्ने देखिएको छ ।
माथिल्लो तामाकोशीको क्षमता ४५६ रहेको छ । आयोजनाका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थानलगायतका निकायको लगानी रहेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनालाई असफल पार्न विगतदेखि नै अनेकन प्रयास भएका थिए । सोही प्रयासको श्रृखलाको रुपमा यतिखेर भारतीय ठेकेदार कम्पनी लागेको छ ।
उक्त ठेकेदार कम्पनीलाई आयोजना तोकिएको समयमा पूरा नगराउन भारतीय विद्युत् व्यापारीले दबाव दिएको बताइन्छ । भारतबाट आयात भइरहेको विद्युत्बाट प्राप्त हुने रकमका कारण आयोजनामा ढिलाई गर्न लागिएको हो ।
प्रतिक्रिया