लण्डनमा आतंक,  विभिन्न तीन महत्वपूर्ण स्थानमा बम फेला

७ बर्ष अगाडि

लण्डन । ब्रिटेनको हिथ्रो विमानस्थल, लण्डन सिटी एयरपोर्ट र रेल स्टेसनमा बम फेला परेको छ । जसको स्थानीय प्रहरीले डिस्पोज गरेको छ । 

प्रहरीका अनुसार अज्ञात समूहले ती स्थानमा विस्फोट पदार्थ छाडेर भागेका थिए । समयमै प्रहरीले त्यसलाई डिस्पोज गर्न सफल हुँदा कुनै मानवीय क्षति नभएको बीबीसीले जनाएको छ । 

अनुसन्धान अधिकारीहरुका अनुसार पोस्टल ब्यागमा निकै चलाखीपूर्ण ढंगले बम राखिएको थियो । 

बमका कारण कुनै उडान र रेल सेवाको आगागमनमा भने कुनै अवरोध नभएको बताइएको छ । 

लण्डनका मेयर सादिक खानका अनुसार बम राख्ने चरमपन्थीहरुको खोजतलास जारी रहेको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया