काठमाडौँ – नेपाली कामदार जापान लाने भनिएतापनि हालसम्म कुनै सहमति र तयारी भइसकेको छौँन ।
जापान सरकारले नेपाली कामदार लाने भन्ने विषयमा सहमति जनाएको तर कहिलेदेखि लाने र कतिजना लाने भन्ने विषयमा कुनै खालको सहमति र तयारी नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव एवं प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।
प्रवक्ता डा. रेग्मीले यहि मार्चदेखि जापान लानको लागि परिक्षा लिने भन्ने समाचारहरु मिडियाले अनुमानको भरमा लेखेको बताए ।
प्रवक्ता डा. रेग्मीले भने “विभिन्न मिडियाहरुमा मार्च महिनादेखि नै जापान लानको लागि तयारी अन्तिम चरणमा पुगेको कुरा कसलाई सोधेर लेख्नुभयो ? हामीलाई थाहा छैन । तर अहिलेसम्म यस विषयमा कुनै प्रक्रिया सुरु भएको छैन ।“
उनले भने नेपाली कामदार लैजान जापानी र नेपाली प्राविधिक टोलीबीच सहमति भएको थियो । तर अहिलेसम्म कहिलेदेखि लाने र के गरि लाने भन्ने विषयमा दुई देशवीच कुनै खालको सहमति भएको छैन ।
जापान नेपालीका लागि आकर्षक गन्तव्य मुलुक मानिन्छ । नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्य व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिलगायत १४ वटा क्षेत्र जापानले आप्रवासी कामदारका लागि खुला गरेको हो ।
हाल जापानले नेपाल, चीन, इन्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायतका देशबाट कामदार लैजाने तयारी गरिरहेको छ ।
प्रतिक्रिया