काठमाडौं – नेपाली काँग्रेसका ५६ जिल्ला सभापतिले महासमिति बैठकले गरेको निर्णय विपरित केन्द्रीय समिति बैठकले विधानमा उल्लेखित ‘स्वतः प्रतिनिधि सम्बन्धी प्रावधान हटाउने र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अवसर नदिने’ भन्ने निर्णय भएपनि केन्द्रीय समिति बैठकले त्यसलाई उल्ट्याएको आरोप लगाएका छन् ।
उनीहरुले पार्टीको महासमिति बैठकले गरेको निर्णयलाई केन्द्रीय समिति बैठकले उल्ट्याउनु अवैध भएको समेत दाबी गरेका छन् ।
महासमिति बैठकबाट पास भैसकेको विषयलाई केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले आफूहरुलाई आश्चर्य चकित बनाएको ५६ जिल्ला सभापतिहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘महासमिति भन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केहि नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण हो’, विज्ञप्तिमा भनिएको छ, ‘ उक्त दुई विषयलाई लिएर पार्टी केन्द्रिय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संशोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ ।’
महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रिय समितिको पछिल्लो निर्णयले निरास बनाएको दाबी गर्दै जिल्ला सभापतिहरुले पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई कायम राख्न उक्त निर्णय तत्काल पूनर्विचार गर्न आग्रह गरेका छन् ।
अन्यथा विशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य भइने जिल्ला सभापतिहरुले चेतावनी दिएका छन् ।
नेपाली काँग्रेसका नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले पुस २९ देखि माघ ९ गतेसम्म बसेको महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसर नदिने सम्बन्धी व्यवस्था थप गर्ने सम्बन्धमा एक्यवध्दता जनाएपछि त्यसविपरित केन्द्रीय समिति बैठकले निर्णय गरेको बताए ।
नेतृत्वलाई चेतावनी दिने जिल्ला सभापतिहरुमा प्रदेश नम्बर १ बाट
लिला देवी बोखिम-ताप्लेजुंग, नरेन्द्र कुमार केरुङ्ग - पांचथर, हिमालय कर्माचार्य - ईलाम, उद्धव थापा-झापा, गोविन्द ढुंगाना - तेह्रथुम, नन्दमणि राई -भोजपुर, नरेश कुमार श्रेष्ठ- खोटांग
बिनोद बस्नेत-सोलुखुम्बु, राजिब कोइराला- सुनसरी, डिग बहादुर लिम्बु- मोरंग, बिदुर बस्नेत- गाईघाट र दिपेन कुमार श्रेष्ठ -संखुवासभा रहेका छन् ।
यसैगरी प्रदेश नम्बर २ बाट
कृष्ण देव यादव - रौतहट र अजय दुवेदी- पर्सा रहेका छन् भने
प्रदेश नम्बर ३ बाट
उज्जल बराल - सिन्धुली, मधु आचार्य -काभ्रे, लवश्री न्यौपाने - रामेछाप, विकाश लामा - सिन्धुपाल्चोक, जगदीश नरसिंह केसी - नुवाकोट, दुर्लभ थापा- भक्तपुर, सवुज बानिया -काठमाडौँ, पेम्बा क्षिरिङ्ग लामा - रसुवा, रमेश धमला-धादिङ र जित नारायण श्रेष्ठ-चितवन रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशबाट
बैकुण्ठ न्यौपाने- तनहुँ, कृष्ण केसी -कास्की, खम्ब गर्बुजा- म्याग्दी, यङ्गजीङ्ग बिष्ट-मुस्ताङ, कुमार राणा-स्याङजा, बिष्णु प्रसाद लामिछाने-नवलपुर, भेष बहादुर पौडेल-लम्जुङ्ग, हरि बहादुर घले -गोरखा रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ बाट
अर्जुन पोखरेल - परासी, वीर बहादुर राणा-पाल्पा, भुवन श्रेष्ठ - गुल्मी, बिष्णु प्रसाद खनाल - अर्घाखाची, सुरेन्द्र प्रसाद आचार्य - कपिलबस्तु, अम्मर प्रसाद भण्डारी - प्युठान, अमर सिंह पून -रोल्पा, केशर मान रोका-पूर्व रुकुम, किरण कोइराला-बाँके र संजय गौतम - बर्दिया रहेका छन् ।
यस्तै कर्णाली प्रदेशबाट
खड्ग बहादुर शाही- मुगु, दिप बहादुर शाही-जुम्ला, हर्ष बहादुर बम-कालिकोट, कृष्ण कुमार बिसी- दैलेख, कमल राज रेग्मी-सुर्खेत, प्रेम प्रकाश ओली-पश्चिम रुकुम, गणेश बहादुर चन्द-सल्यान, दिपक जंग शाही-जाजरकोट, जयपति रोकाया-हुम्ला र अंगत बुढा-डोल्पा रहेका छन् ।
यसैगरी सुदूर पश्चिम प्रदेशबाट
कर्ण बहादुर मल्ल-डडेल्धुरा, ललित सिंह बोहरा-दार्चुला, नरेन्द्र सिंह थापा-बैतडी र हर्क जंग बहादुर सिंह-बझांङ्ग रहेका छन् ।
प्रतिक्रिया