काठमाडौं – उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीले बताएका छन्। ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन्।
कमिसन वृद्धिलगायत १० बुँदे माग राखेर ग्यास उद्योगीले शुक्रबारबाट ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) नउठाएपछि ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताले खाली सिलिन्डर भर्न थालेपछि उद्योगी र निगमले यस्तो आग्रह गरेका हुन्। नागरिक दैनिकमा याे खबर छापिएकाे छ ।
प्रतिक्रिया