एजेन्सी – हवाइ जहाजमा सफर गर्नु आफैंमा निकै रोमाञ्चक हुन्छ । आकाशमा उडान भर्दा बादलको बीचबाट तलको संसार हेर्न निकै सुखद हुन्छ । शायद त्यसैले होला विमानमा झ्यालतर्फको सिट सबैभन्दा पहिले बुकिङ हुन्छ । अझै हवाइजहाजको पाइलटको सिटबाट हेर्दा संसार कस्तो देखिएला ? विमानमा ककपिट मात्र यस्तो ठाउँ हो जहाँबाट अगाडि देख्न सकिन्छ । यही ठाउँबाट रोमाञ्चक दृश्यलाई क्यामेरामा कैद गरेका हुन् जम्बो जेटका पाइलट क्रिस्चियन भान हेजस्टले । क्रिस्चियन जहाज उडाउन मात्र सिपालु छैनन् उनी उत्कृष्ट फोटोग्राफर पनि हुन् । विमान उडाइरहँदा उनको क्यामेरा उनीसँगै हुन्छ । आउनुहोस् हेरौं क्रिस्चियनका केही तस्वीरहरु –
प्रतिक्रिया