काठमाडौँ – वैदेशिक लगानीमा उच्च बृद्धि भएसगै पछिल्लो समय वैदेशिक लगानीको प्रतिवद्धता १५० प्रतिशतले बृद्धि भएको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार गत ०७४ फागुदेखी ०७५ फागुनसम्म ५२ अर्ब ६३ करोडको वैदेशिक लगानीको प्रतिवद्धता आएको हो ।
पछिल्लो समयलाई हेर्दा ०७३ फागुन देखी ०७४ फागुन सम्म २० अर्ब ९६ करोड ९० लाख मात्रै वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो । अघिल्लो वर्षको तुलना गर्दा गत वर्षको लगानी प्रतिवद्धता ३ गुणाले बढी हो ।
पछिल्लो पटक ४ सय ३१ उद्योगमा लगानी प्रतिबद्धता आएका हो । १४ हजार ५६० लाई रोजगारी दिने छन् । र ०७३ फागुन देखी ०७४ फागुनसम्म आएको वैदेशिक लगानी प्रतिबद्धताबाट ३८० वटा उद्योग खुल्ने र त्यहाँ १३ हजार ९४ नयाँ रोजगारी थपिने छ । विभागको अनुसार यस वर्ष १४ हजार ५ सय ६० जनाले रोजगारीको अवसर प्राप्त गरेको थिए ।
साथै विभागले कृषिजन्य, निर्माण, ऊर्जा, सूचना प्रशारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवा तथा पर्यटन क्षेत्रमा यो लगानीको प्रतिबद्धता स्वीकृत गरेको छ । २०७४ फागुन देखी २०७५ फागुनसम्म पर्यटनमा १७०, सेवा १३२, उत्पादनमूलक ६६, सूचना प्रविधि २३, कृषि तथा वनजन्य १७, ऊर्जा ३ र खानीमा ३, गरी ७ ओटा क्षेत्रमा उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको छ ।
प्रतिक्रिया