काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालका कारण पछिल्लो दिनमा उद्योगी व्यवसायी र नेपाल राष्ट्र बैंक आमने सामने भएको पाइएको छ । व्याजदर वृद्धिको विषयलाई लिएर पछिल्ला दिनमा उद्योगी व्यवसायी आन्दोलनमा उत्रिए ।
आन्दोलन व्याजदर वृद्धिलाई लिएर गरिएको जस्तो भएपनि बैंकबाट ऋण लिएर नतिर्ने बैंक डिफल्डहरुको योजनामा गरिएको पाइएको छ । बैंकको ऋण लिने र तिर्न अटेर गर्ने प्रवृत्ति पछिल्लो पटक महासंघमा हावी भएको छ । त्यसैको परिणाम स्वरुप आन्दोलन गरिएको र आन्दोलनमा केही राजनीतिक कलेवर समेत लगाइएको छ ।
विसं २०६३ सालमा नेपाल उद्योग वाणिज्य महासंघले बन्दको आयोजना गरेको थियो । त्यसबेला महासंघको अध्यक्ष थिए उनै चण्डिराज ढकाल । देशभरका व्यवसायीले महासंघको आह्वानमा आफ्नो व्यवसाय बन्द गरे । ठूला र चर्का नारा पनि लगाए । कारण बाहिर देखाइएको थियो, सरकारका कारण काम गर्न सकिएन, उद्योग व्यवसाय चौपट भयो । तर भित्री कारण भने अर्कै थियो , ऋण नतिर्ने ठूला ऋणीलाई राष्ट्र बैंकले गर्न थालेको कारवाही । महासंघ अध्यक्ष ढकाल आफं} बैंकको ऋण नतिर्ने डिफल्डरमा थिए । उनलाई कालो सूचीमा राखी नाम सार्वजनिक गर्ने तयारी गरिएको थियो । बैंकका सोही निर्णय रोक्नका लागि उनले देशभरका उद्योग प्रतिष्ठान बन्द गराएका थिए ।
यस्तै २०६४ सालमा महासंघको नयाँ नेतृत्व चयन हुनुपर्ने थियो । महासंघको विगतको परम्परा अनुसार अध्यक्ष बन्ने पालो थियो दिवाकर गोल्छाको थियो । त्यो बेला विधान अनुसार प्रथम उपाध्यक्ष अध्यक्ष बन्ने चलन थियो । ढकालले महासंघको अध्यक्षमा पुनः आफू नै दोहोरिन खोजे । तर हुने वाला त्यस्तो थिएन ।
अध्यक्षको प्रतिस्पर्धाबाट दिवाकर गोल्छा बाहिरिए भने द्धितिय उपाध्यक्ष रहेका कुशकुमार जोशी अध्यक्षको प्रतिस्पर्धामा उत्रिए । निर्वाचनमा अध्यक्षमा जोशीले ढकालाई हराइदिए । ढकाल अध्यक्षमा दोहरिन चाहनुको कारण थियो बैंकको ऋण नतिर्नु । त्यो बेला ढकाललाई राजस्व अनुसन्धान विभागले समेत छानबिन गरेको थियो । त्यो अनुसन्धानलाई निस्तेज पार्न ढकाल फेरि महासंघको अध्यक्ष बन्न चाहेका थिए । कुनैबेला सबैभन्दा बढी तयारी पोशाकको निर्यात गर्ने चण्डिराज ढकाल व्यवसायिक रुपमा सफल व्यक्ति पनि होइन, उनी केवल टापटिपे व्यापारी हुन् । उनको आफ्नो भन्ने देखाउने कुनै व्यवसाय छैन । झोले व्यापारी हुन भन्दा हुन्छ, उनका नजिकका एक व्यापारीले भने ।
उनका आफन्तहरु पदमा नभएको भए ढकाल बैकिङ कसुरको आरोपमा जेल समेत परिसकेका हुन्थे । यस्तै, २०६३ सालमा महासंघ र बैंकबीच ब्याजदरको विवाद बढेको थियो । माओवादी द्वन्द्वको कारण कतिपय व्यवसायहरु धरासायी भएका थिए । ठूला व्यवसायीका कारण सरकारी बैंकमा वित्तीय क्षेत्र सुधार कार्यक्रम नै संचालन गर्नु परेको थियो भने निजी क्षेत्रका बैंकको अवस्था समेत राम्रो थिएन । जसको कुनै उद्योग नै छैन । जो उद्योग गर्नबाट पूर्ण असफल भइसकेको छ । तर त्यही व्यक्तिको उद्योगी व्यवसायीहरुको संस्थाको नेताहरुको पनि नेता बन्ने चरम महत्वकांक्षाले महासंघको शाख गिराइरहेको छ ।
२०७५ सालमा पुनः उद्योग वाणिज्य महासंघ र बैंकरबीचको विवाद बढेको छ । यसको सुरुवात बिराटनगरबाट भएपनि यसमा पर्दा पछाडिका खेलाडी हुन् उनै झोले व्यापारी (उनका निकटस्थको विश्लेषण)चण्डिराज ढकाल । मोरङ व्यापार संघ र उद्योग संघले बैंकले कर्जाको ब्याजदर नबढाएको भन्दै गरेको आन्दोलन सडक हुँदै प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्यो । व्यवसायीहरुले खुल्ला बजार अर्थतन्त्र विपरित सरकारले नै निक्षेप र कर्जाको ब्याजदर तोक्नुपर्ने माग राखे । रुपमा हेर्दा माग जायज जस्तो देखिन्छ । तर सारमा कारण भने बैंक डुबाउने गिरोहको राम्रो नाटक मञ्चन ।
अहिले बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक रुपमा ब्याजदर लिएको कुरा कुनै दुईमत छैन ।
निक्षेपको बढ्यो भन्दै एसएमएस गरेर कर्जाको ब्याजदर बढाउने बैंकहरुले घट्दा भने घटाउन खोज्दैनन् । अनावश्यक रुपमा ऋणीसँग लिने सेवा शुल्कले थप आर्थिक भार ऋणीलाई पर्ने गरेको छ । महासंघमा यो पटक ब्याजदर आन्दोलनको पछाडि महासंघको भित्रिया राजनीतिले काम गरेको छ । २०६४ सालमा अध्यक्षमा दोहरिन खोज्दा असफल भएका चण्डीराज ढकाललाई त्यसको असर कस्तो सँग पर्यो राम्रोसँग थाह छ । त्यसैले चण्डी सँधै महासंघको नेतृत्व आफ्नो तरिकाले चलाउन चाहन्छन् । २०६४ सालमा चुनाव हारेपछि व्यवसायिक रुपमा चण्डीका दुःखका दिन सुरु समेत भए । बैंकले ऋण नतिरेको भन्दै कर्जा सूचना केन्द्रमा कालो सूचिमा राख्यो । धितो राखेको घर लिलाम भयो । २०६४ सालको निर्वाचनमा आफु हारे पनि पदाधिकारीमा चण्डीकै टिमले जितेको थियो । महासंघको संरचनामा भएको भोट भारको आधारमा जिल्ला नगरसँग ५० प्रतिशत मतभार रहेको बताइन्छ । यही फ्याक्टर नै उनको राजनीतिक रुपमा बार्गेनिङ गर्ने थलो बन्दै आएको छ ।
आफ्नो व्यवसाय बैंकका कारण धरासायी भएको भन्ने बुझाई रहेका चण्डीले यो पटक बैंक र महासंघभित्र आफु शक्तिशालि बन्ने कदमको रुपमा बिराटनगरबाट आन्दोलन गर्न उक्साए । महासंघले यसमा नैतिक समर्थन पनि थियो । ब्याजदर नै सरकारले तोक्ने विषय आएपछि पछिल्लो समय धेरै मुद्दामा एकैठाउँमा रहेको उद्योग परिसंघ त्यसमा पछाडि हट्यो । यद्यपि महासंघ अध्यक्ष भवानी राणाले सरकारले ब्याजदर तोक्ने विषय महासंघको आधिकारिक धारणा नभएको बताएकी छन् ।
२०६४ सालमा चुनाव हारे पनि महासंघको राजनीतिमा चण्डी हाबी छन् । चण्डीले त्यसपछि जसलाई समर्थन गरेका छन् । उसले चुनाव जितेको रेकर्ड छ । २०६७ सालको निर्वाचनमा चण्डीले सुरज वैद्यले समर्थन गरे । जिताउन हिँडे । तत्कालिन अध्यक्ष कुशकुमार जोशीले समर्थन गरेका आजाद श्रेष्ठले निर्वाचन हराइयो ।
महासंघको कार्यकारीणी बैठकमा अध्यक्ष राणाले धेरै एग्रेसिभ भएर ब्याजदरको आन्दोलन सफल नहुने भन्दै मध्यमार्गी बाटो खोज्नुपर्ने बताएकी थिइन । आन्दोलनमा ह्वास्तै गुटको गन्ध आएपछि राणाले रणनीति चेञ्ज गरेकी हुन् । त्यसपछि चण्डीले प्रदिपजंग पाण्डेलाई समर्थन गरे ।
तत्कालिन अध्यक्ष वैद्यले समर्थन गरेका भाष्करराज राजकर्णिकारले चुनाव हारे । पाण्डेले चुनाव जितेपछि उनको भष्ट्रचारको मुद्दा उठ्यो । एउटा कर्पोरेट गेमको शिकार भएका पाण्डेले एकवर्ष मात्र अध्यक्ष बन्न पाए । त्यसपछि तत्कालिन बरिष्ट उपाध्यक्ष पशुपति मुरारका महासंघको अध्यक्ष बने भने बरिष्ठ उपाध्यक्ष भवानी राणा । यसबीचमा बरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने गरेर महासंघको विधान संसोधन भयो । २०७३ सालमा भएको महासंघको अधिवेशनमा बरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधानबीच प्रतिस्पर्धा भयो । चण्डीको समर्थन गोल्छालाई थियो । त्यसपछि महासंघको जिल्ला नगर उपाध्यक्ष रहेका प्रमोद प्रधान स्थानीय चुनाव लड्न गएपछि उपाध्यक्ष पद खाली भयो । चण्डीले त्यसमा प्रधानलाई समर्थन गरेर ल्याए । त्यसपछि महासंघमा पुनः विधान संसोधनको कुरा उठ्यो ।
आगामी एक महिनाभित्रमा महासंघको साधारणसभा हुँदैछ । यसमा चण्डीले बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान हटाउन खोजेका छन् । अर्थात् ११ वर्ष अगाडि अध्यक्षमा पुनः दोहरिएर महासंघलाई गुटगत राजनीतिको दलदलमा फसाएका चण्डी फेरि महासंघमा चरम गुटबन्दी गर्न थालेका छन् । जसको कुनै उद्योग नै छैन । जो उद्योग गर्नबाट पूर्ण असफल भइसकेको छ । तर त्यही व्यक्तिको उद्योगी व्यवसायीहरुको संस्थाको नेताहरुको पनि नेता बन्ने चरम महत्वकांक्षाले महासंघको शाख गिराइरहेको भन्ने उद्योगीहरुको ठहर छ ।
अहिलेको ब्याजदर आन्दोलन किशोर प्रधानलाई महासंघको आगामी अध्यक्ष बनाउने उद्देश्यले भएको उद्योगी व्यवसायीहरु बताउँछन् । त्यसैले किशोर प्रधान बैंकको ब्याजदर राज्यले तोक्नुपर्छ भन्दै आवाज बुलन्द बनाइरहेका छन् । चण्डी, किशोर प्रधान र जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिको दबाबमा महासंघ अध्यक्ष राणाले पनि ब्याज घटाउने आन्दोलमा ऐक्यवद्धता जनाउँदै सरकारलाई अल्टिमेटम दिएकी हुन् । गत मंगलबार महासंघको कार्यकारीणी बैठकमा अध्यक्ष राणाले धेरै एग्रेसिभ भएर ब्याजदरको आन्दोलन सफल नहुने भन्दै मध्यमार्गी बाटो खोज्नुपर्ने बताएकी छन् ।
आन्दोलनमा ह्वास्त्तै गुटको गन्ध आएपछि राणाले रणनीति चेञ्ज गरेकी हुन् । सन्तुलित ढंगले अघि बढे मात्रै सफल भइन्छ भन्ने राणाको ठहर छ । कार्यकारीणी सदस्यहरुको बहुमतले ब्याजदर आन्दोलनको विरोध गरेपछि दीर्घकालीन समाधानका लागि विज्ञको कमिटि बनाउने निचोड निकालेको छ । र, उक्त कमिटिले गरेको सिफारिसका आधारमा महासंघले धारणा बनाउने सहमति भएको छ । तर चण्डी समूहको ज्यादीका कारण महासंघको साख गिरेको भन्दै धेरै जसो उद्योगी तथा व्यवसायी भने नेपाल चेम्बर अफ कसर्म तिर ज्वाइन गर्ने कि भन्ने सोच्न थालेका छन् ।
प्रतिक्रिया