निजगढ विमानस्थल एक हजार ४७६ घर परिवा सार्ने चुनौती, माधव नेपालले दिए यस्तो सुझाव

७ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थलमा पर्ने टगियाबस्तीको न्यायोचित व्यवस्थापन गर्नु नै मुख्य चुनौती भएको बताउनुभएको छ ।

विमानस्थल निर्माण प्रतिबद्धता कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले टगियाबस्ती व्यवस्थापन भएमा निजगढमा विमानस्थल बनाउन जस्तोसुकै विरोध भएपनि नरोकिने बताउनुभयो । टगियाबस्तीका एक हजार ४७६ घर परिवारलाई चाँडोभन्दा चाँडो व्यवस्थापन गर्न सरकारलाई नेता नेपालले सुझाव दिनुभयो ।

विमानस्थल बनाउनुभन्दा अगाडि चुरे क्षेत्रमा वृक्षरोपण गर्न सुझाव दिँदै नेता नेपालले विमानस्थलसँगै टाँसिएर स्मार्ट सिटी बनाउन कुनै जरुरी नरहेको तर्क गर्नुभयो ।

भूमि र वनको क्षेत्राधिकार अहिलेको नितान्त जरुरी नरहेको भन्दै उहाँले प्रदेश सरकारलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काममा सकारात्मक पहल गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले सङ्घीय सरकारको विभेदकारी नीतिका कारण विकासका विभिन्न योजना अगाडि बढ्न नसकेको आरोप लगाउनुभयो । थिचोमिचोको राजनीतिले विकास, समृद्धि र शान्ति कायममा बाधा व्यवधान हुने उहाँले भन्नुभयो । कार्यक्रममा परियोजना प्रमुख ओम शर्माले आयोजनाबारे जानकारी गराउनुभएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया