टुँडिखेलमा नेपाली सेनाले यसरी मनायो सैनिक दिवस

७ बर्ष अगाडि

काठमाडौँ–नेपाली सेनाले शिवरात्री तथा सेना दिवश विशेष कार्यक्रम गरी मनाएको छ । 

सेनाले सोमबार दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायतका प्रदर्शन गरिएको थियो । 

यस्तै सेनाले प्यारासुटका माध्यमबाट फ्रि फल जम्पको समेत प्रदर्शन गरेको छ । कार्यक्रममा ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, उपसभामुख मन्त्रीहरु लगायतको सहभागिता रहेको थियो ।

दिवसका अवसरमा कला कौशलमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया