बाबुराम भट्टराईको ट्वीटर कसले ह्यान्डल गर्याे ?

७ बर्ष अगाडि

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नामको नक्कली ट्विटर ह्यान्डल प्रयोग गरिएको भन्दै गुनासो गरेका छन् । 

उनले भनेका छन् अरूको नाउँको नक्कली ट्विटर ह्याण्डल बनाएर आफ्ना कुरा राख्नु आफैँप्रतिको अविश्वास र कायरता हो । 

उनले यस्तो हर्कतमाथी  सम्बन्धित सुरक्षा निकायलाई ध्यान दिन पनि आग्रह गरेका छन् । 

उनले सोमबार ट्विट गर्दै भनेका छन्, ‘‘अरूको नाउँको नक्कली ट्विटर ह्याण्डल बनाएर आफ्ना कुरा राख्नु आफैँप्रतिको अविश्वास र कायरता हो ! यसले सार्वजनिक जीवनलाई प्रदुषित गर्छ ! यो कानूनतः अपराध पनि हो ! कसैले यस्तो हर्कत नगरोस १ सम्बन्धित सुरक्षा निकायले ध्यान देओस ! मेरो एक मात्र भेरिफाइड २दचदज्ञढछद्ध छ । कसैलाई कुनै भ्रम नरहोस !’’

७ बर्ष अगाडि

प्रतिक्रिया