भारत भ्रमण गर्न लागेका प्रधानमन्त्रीलाई बाबुरामले दिए १० बसँदे सुझाव

७ बर्ष अगाडि


काठमाडौं– भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी ओलीलाई नयाँ शक्तिका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भटरईले १० बुँदे सुझाव दिएका छन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराइले सार्वभौमसत्ताको पारस्परिक सम्मान, असंलग्नता र पञ्चशील सिद्धान्तको परिपालना तथा द्विपक्षीय हितको सम्बद्र्धन गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा थप विश्वास र सदभावको अभिवृद्वि गर्न प्रधानमन्त्रीलाई भ्रमण केन्द्रीत गर्न सुझाव दिएका  छन् ।  
नेपालको आर्थिक हित र समृद्विको पक्षमा सार्थक परिणाम हासिल गर्न भ्रमणका उच्च भेटवार्ताहरुमा नेपालमा हालै जारी भएको संविधान देशको आन्तरिक मामिला भएको र त्यसलाई संयुक्त वक्तव्य नबनाउन पनि भटराईले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
 त्यस्तै उनले दुबै देशका कतिपय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाहरुमा आ–आफ्ना फरक दृष्टिकोण, धारणा र अडान हुने भएकाले पूर्ववर्ती प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा ‘अन्तर्राष्ट्रिय मञ्चहरुमा, अन्तर्राष्ट्रिय मुद्दाहरुमा नेपाल र भारतले सहकार्य गर्नेछ’ भनी जारी भएको संयुक्त वक्तव्यको बु“दा विवादास्पद भएकाले यस्ता बु“दाहरु संयुक्त वक्तव्यमा समावेश नगर्न राम्रो हुने बताएका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया