ग्यासमा कमिसन बढाउने चलखेल

७ बर्ष अगाडि

काठमाडौँ - मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडीओ) शुक्रबारदेखि लिएका छैनन् । कारोबारमा नाफा बढाउनुपर्नेलगायत माग राख्दै आएका उनीहरूले विरोधमा पीडीओ उठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेलगत्तै बजारमा ग्यास लुकाउन थालिएको छ ।

प्रचलित ऐनविपरीत कार्य गर्ने कुनै पनि व्यक्ति, व्यवसाय र उद्योगलाई कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई भए पनि सरकार र सम्बन्धित निकाय मौन देखिन्छन् । उद्योगीले ग्यास उद्योग सञ्चालन खर्च/वितरकको कमिसन, स्वदेशी ग्यास बुलेट सञ्चालन, नाफा वृद्धिलगायत १० बुँदे माग राख्दै विरोध कार्यक्रम गरिरहेका छन् । स्रोतका अनुसार ज्ञापनपत्र १० बुँदे भए पनि मुख्य माग कमिसन र नाफा वृद्धि हो । ‘हाल ग्यास उद्योगीले प्रतिसिलिन्डर करिब २ सय ३२ रुपैयाँ भाडा र कमिसन पाउँछन्,’ निगमका एक अधिकारीले भने, ‘उद्योगीले प्रतिसिलिन्डर ४ सय ३२ रुपैयाँ लिन चाहेका छन् ।’ कान्तिपुर दैनिका खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया