सगरमाथाको उचाइ नाप्न आरोहण तालिम, काे काे छन् तालिममा ?

७ बर्ष अगाडि

 काठमाडौं – सगरमाथाको उचाइ मापनका लागि नापी विभागका कर्मचारीलाई हिमाल आरोहण तालिम दिइएको छ। सगरमाथाको चुचुरोसम्म प्राविधिक पठाउने लक्ष्य राखेर विभागले प्रमुख नापी अधिकृत खिमलाल गौतमसहित पाँचजना कर्मचारीलाई रसुवाको लाङटाङ क्षेत्रमा आरोहण तालिम दिन थालेको हो।

नापी विभागले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सहकार्यमा फागुन १९ देखि चैत ३ गतेसम्म तालिम आयोजना गरेको हो। अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक एवं प्रशिक्षक छिरिङ जाङबु शेर्पा र पर्वतारोहण पथ प्रर्दशक नरबहादुर अस्तानी तालिम प्रशिक्षक छन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 
तालिममा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी, सुरेन्द्र थापा र अमिन युवराज धिताल सहभागी छन्। वसन्त ऋतुमा सगरमाथाको उचाइ मापनका लागि तालिम प्राप्त कर्मचारी आधारशिविर र चुचुरोसम्म पुग्ने छन्।

७ बर्ष अगाडि

प्रतिक्रिया