मृतक ३ बर्षिय परि यादवको क्षतिपुर्ति रकम दलालले खाइदिएपछि.........

७ बर्ष अगाडि

परासी, २२ चैत्र । दुर्घटनामा परि ३ बर्षिय भारतीय बालिका परि यादवको मृत्यु वापत पिडित पक्षले पाउने क्षतिपुर्ति रकम बिचौलियाहरुले मिलीजुली खाएका छन् । भारतको महराजगंज जिल्लाको खैरहवाँ बस्ने जनार्दन यादवको ३ बर्षिय छोरी परि यादवको एक ट्याक्टर दुर्घटनामा परि मृत्यु भएपछि पिडिक पक्षले पिडित पक्षलाई दिएको क्षतिपूर्ति रकम ५ लाख १० हजार मध्ये ४ लाख १० हजार रुपिया दलालहरुले खाएका छन् । जिल्ला प्रशासन मार्फत पिडित मृकत परि यादवको बुवा जनार्दन यादवलाई प्राप्त भएको ५ लाख १० हजार रकम मध्ये ४ लाख १० हजार रुपिया पिडितको आफन्त, दलाल र प्रहरीकार्यालयको मुद्दा फाँटले बाँडीचुडी रकम पचाएको पिडित जनार्दन यादवले आरोप लगाए ।

यो घटना गत फागुन महिना ३० गतेको हो । चैत्रवर्निको अवसर पारी भारतबाट त्रिवेणी धाम स्नान गर्न पिडित जनार्दन ३ बर्षिय छोरी परि यादव पनि संगै नेपाल आएकि थिईन् । जनार्दन स्नान गर्न त्रिवेणी धाम गईरहदा पैदल हिडिरहेको छोरी परि यादवलाई महेशपुर भुजहवा सडक खण्डको सरावल गाँउपालिको वार्ड नम्बर ६ गणेशपुरमा लु ३ त ३८ नम्बरको सोनालिका ट्याक्टरले ठक्कर दिँदा छोरी परिको मृत्यु भएको थियो ।

मृतक बालिका परिको क्रया खर्च बापत टयाक्टर साहुले पहिलो किस्ता भनि ३० हजार रुपिया दिएका थिए । त्यस पछि साहुँले मृत्यु क्षतिपुर्ति बापत बाँकी ४ लाख ८० हजार रुपिया जिल्ला प्रशासनमा बुझाएका थिए ।

प्रशासनमा आएको क्षतिपुर्ति रकम लिन गत चैत्र ४ गतेका दिन मृतक परीको बुवा पीडित जनार्दन यादव र उनको नेपालमा ससुरालि पक्ष प्रतापपुर गाँउपालिका ६ पिपरपाति बस्ने भत्तिजो श्री किसुन यादव, विश्वनाथ यादव र ध्रुप यादवको रोहबरमा जिल्ला प्रशासनमा सहिछाप लगाई बक्यौता क्षतिपुर्ति रकम बुझेका थिए । पिडितको आफन्त ति भतिजाहरुले भने, फुफाजु पैसा धेरै छ तपाईले यो पैसा लिएर भारत जान बाटोमा कसैले झुक्याई चोर देला, यो पैसा हामी तपाई कहाँ पु¥याई दिन्छांै भनि जनार्दन यादवलाई फकाएका थिए ।

आफन्तको कुरामा सहमत भएका पिडित जनर्दन बक्यौता क्षतिपुर्ति रकम ४ लाख  ८० हजार मध्ये १ लाख नेपाली रकम मात्र पाएपछि बाँकीको पैसा माग र न्यायको खोजीमा पुनः जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । त्यस्तै छोरीको क्रया बापत पाएको ३० हजार क्रिया खर्चको रकम पनि जनार्दनको भत्तिजोहरुले प्रहरी प्रशासनलाई मिलाउनु पर्छ भन्दै पैसा आँफनै गोजीमा राखेका थिए ।

यसरी पीडित जनार्दन यादवले दुर्घटना परेर मृत्यु भएकी ३ वर्षिय छोरी परी यादवको क्षतिपुर्ति वापत ५ लाख १० हजार मध्ये १ लाख ३० हजार मात्र पाएको रकम मध्ये १ लाख मात्र हात लाग्दा सम्बन्धित निकायमा हारगुहार गर्न थाले । ससुराली पक्षले विभिन्न दलाल र केहि प्रहरीको मिलोमतोमा पिडितको ४ लाख १० हजार रुपिया स्वाहा गरेपछि उनी बाध्य भई प्रहरी प्रशासनको ढोका ढक्ढकाउन बाध्य भए ।

       क्षतिपुर्तिको रकम लिन पिडित जनार्दन ससुराली गाउँ पिपरपातिमा वडा भेला गराई छलफल गर्दा वडा स्तरमा कुरा नमिलेपछि उनी प्रतापपुर गाँउपालिका मार्फत जिल्ला प्रशासन कार्यालयमा आई पुगे । न्यायका लागि जिल्ला प्रशासनले कार्यालयको मुद्धा फाँट मार्फत जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा पठायो ।

दुई दिन सम्म जिल्ला प्रहरीको मुद्धा फाँट मार्फत भएको छलफलमा मुद्धाफाटले राजनितिक दबाब र दलालसंग पैसा खाने दाउमा क्षतिपुुर्तिको घटनालाई त्यँही दबाउन विभिन्न प्रयास गरेको नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायले बताए ।

यसरी एक पिडित भारतीय नागरिकले न्याय पाएको न्याय पनि कसैले खोस्न खोज्दा अध्यक्ष उपाध्यायले प्रशासन र प्रहरीलाई न्याय दिलाउन दबाब दिएका हुन् । पीडित भारतीय नागरिक भएको भन्दै विभिन्न बहाना र पैसाको खेलमा प्रहरी पनि पीडितको साथ नदिएको अध्यक्ष उपाध्यायले गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया