राजकीय सम्मानका साथ भरतमोहनको अन्त्यष्टि, तीन छोरीले दिए दागबत्ती

७ बर्ष अगाडि

काठमाडौँ – पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । 

नेता अधिकारीको शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षका उमेरमा निधन भएको थियो ।  नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान दिएका थिए।

अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए । अधिकारीको अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

जनताका मोहन अर्थात् भरतमोहन अधिकारीले मुलुकको कार्यवाहक प्रधानमन्त्री, दुई पटक उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेका थिए । 

विसं २०४७ पुस २२ गते नेकपा (माक्र्सवादी) र नेकपा (माले)का बीचमा एकीकरणमा उनले अहम् भूमिका निर्वाह गरेका थिए । नेपालको संविधान २०४७, अन्तरिम संविधान २०६३ तथा नेपालको संविधानमा नेता अधिकारीको योगदान महत्वपूर्ण रहेको थियो ।

नेता अधिकारीले अर्थमन्त्री हुँदाका समयमा ल्याएका ‘आफ्नो गाउँ आफै बनाऔँ’, ज्येष्ठ नागरिक भत्ताजस्ता कार्यक्रम अति लोकप्रिय रहेका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया