चार महिनादेखि १३ वर्षीय  बालक  बेपत्ता

७ बर्ष अगाडि

राजविराज–विगत चार महिनादेखि एक बालक सप्तरीको राजजिराजबाट बेपत्ता भएका छन् । 

राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने १३ वर्षीय मिथिलेश यादव हालसम्म फेला नपरेको उनका बुबा बिजुली यादवले बताउनुभयो । राजविराज नगरपालिका–५ स्थित लिटिल एन्जलस स्कूलको कक्षा ६ मा अध्ययन गर्दै आएका मिथिलेश गत मंसिर महिनादेखि बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ । 

उनको अवस्था पता लगाउन स्थानीय प्रशासनलाई जानकारी दिइए पनि हालसम्म खोजी गर्न नसकेको पारिवारिक स्रोतले गुनासो गरेका छन् । 

मंसिर महिना विवाह पञ्चमीका दिन स्कूलमा बिदा भएपछि राजविराज नगरपालिका–१ डुम्बरिशिवथान दिदी कहाँ जान्छु भने हिँडेका मिथिलेश राजविराजबाटै बेपत्ता भएका थिए । बेपत्ता यादवको अझै पत्ता लाग्न नसकेको र उनको खोजी कार्य जारी नै रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया