'नेकपा'ले अधिकारीको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने

७ बर्ष अगाडि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले अधिकारीको परिवारप्रति श्रद्धाञ्जली दिंदै पार्टीको झण्डा झुकाउने निर्णय गरेको हो ।

नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया