पहिलो कम्युनिष्ट अर्थमन्त्री अधिकारीको निधनको अस्पतालद्वारा पुष्टि

७ बर्ष अगाडि

काठमाडौं– नेकपा नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शनिबार राती निधन भएको छ ।
 धुम्बाराहीस्थित उनी उपचाररत हेम्स अस्पतालले अधिकारीको शनिबार राती ९ बजेर ३५ मिनेटमा निधन भएको पुष्टि गरेको छ । 
अस्पतालका अध्यक्ष आरएस भण्डारीले अधिकारीको ९ बजेर ३५ मिनेटमा निधन भएको जानकारी दिए । 
फोक्सो र मुटु सम्बन्धी समस्याबाट पीडित  अधिकारी तीन सातादेखि सो अस्पतालमा उपचाररत थिए । 
उनी नेपालका पपिहलो कम्युनिष्ट अर्थमन्त्री हुन् । 
उनी अर्थमन्त्री हुँदा आफ्नो गाउँ आफै बनाउँ, जेष्ठ नागरिक भत्ता जस्ता कार्यक्रम ल्याएका थिए ।  यस्तै स्थानीय सडक, स्वच्छ पानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सिपमुलक तालिम र रोजगारी, सामुदायिक बृक्षरोपण, साना जलविद्युत विकासबाट ग्रामिण विकास र साना तथा घरेलु विकास गरी ९ स को अभियान पनि चलाएका थिए ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया