एजेन्सी – फुटबल क्लब बार्सिलोना र रियल मड्रिड विश्व फुटबल इतिहासका महान क्लबहरु हुन् । स्पेनिस महारथी क्लबद्वय दुबै स्पेनिस ला लागिमा आज ९शनिबार० राति भिड्दै छन् । एकैसाता दोस्रो पटक आमने सामने हुन लागेका दुवै टोलीको खेल हेर्न लायक हुने अनुमान गरिएको छ ।
बार्सिलोना र रियल यसै साताको बुधबार राति कोपा डेल’रे अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आमने सामने भएका थिए । उक्त खेलमा बार्सिलोनाले ३–० को जित निकालेको थियो । कोपा डेल’रेको पहिलो लेगमा १–१ बराबरी खेलेका दुबै टोली दोस्रो लेगमा बार्सिलोनाले जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।
त्यसको एक साता नबित्दै दुबै टोली ला लिगामा भिड्दै छन् । खेल रियलको घरेलु मैदान सान्टीयागो बर्नाबेउमा नेपाली समय अनुसार राती १ः३० बजे सुरु हुने छ । ला लिगाको पहिलो भेटमा नखेलका बार्सिलोनाका कप्तान लियोनल मेस्सी आज टिममा हुनेछन् ।
जारी सिजनमा दुबै टोलीको यो चौथो पटकको भेट हो । हालसम्म भएका तीन खेल मध्य दुईमा बार्सिलोना विजयी भएको छ भने एक खेल बराबरी खेलेका छन् ।
त्यसैले पनि रियल आफ्नो घरेलु मैदाना बार्सिलोनालाई जारी सिजनको पहिलो हार चखाउने दाउँमा छ । यता बार्सिलोना भने लगातारको जितले उच्च मनोबलका साथ पुनस् जित निकाल्ने दाउमा छ । यसअघि ला लिगमा भएको पहिलो भेटमा बार्सिलोनाले रियलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया