काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको ‘ब्रेन डेथ’ भएको छ ।
गत तीन सातादेखि हृयाम्स अस्पतालमा उपचार गराइरहेका अधिकारीको स्वास्थ्य अवस्था खस्किँदै गएको अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
उनको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको अधिकारीको उपचारमा संलग्न चिकित्सिकहरुले बताएका छन् ।
प्रतिक्रिया