काठमाडौँ – विवेकशील नेपाली दलकी नेतृ रञ्जुले एक पत्रिकामा विगमा आफु आबद्ध पार्टी विवेकशील साझा बारे एक खुलासा गरेकी छिन् । उनले पार्टीका नेता हरुले प्यारप्यार गरेर वोलेको भन्दै अपमानित गरेको खुलासा गरेकी हुन । उनको भनाई जस्ताको तस्तै:
पार्टी बैठकमा पनि आफ्ना विचार व्यवस्थित रूपमा राख्न सक्नुहुन्न । त्यही भएर बैठकमा ‘प्यारप्यार बोलेको’ भन्दै नेताहरूबाट हप्कीसमेत खानुभयो ।
बैठकमा कुनै विषयमा यदि मेरो विमति छ र म त्यसको विपक्षमा छु भन्ने लाग्यो भने केही सिनियरहरूको नजरमा म प्यारप्यार बोल्ने हुन्थेँ । कुनै विषयको पक्षमा उभिएर आफ्ना कुराहरू राखेँ भने उहाँहरूले ‘तपाईं उमेरभन्दा पनि बढी परिपक्व हुनुहुन्छ, कस्तो राम्रो बोल्नुभयो’ भनेर धन्यवाद दिनुहुन्थ्यो । मलाई भने यी दुवै टिप्पणी पूर्वाग्रही लाग्थ्यो । तपाईंको वाहवाह गर्दा म परिपक्व हुने र आलोचना गर्दा प्यारप्यार बोलेको सुनिने कुरालाई म कुनै पनि कोणबाट सही भन्न सक्दिनँ, त्यसमा सहमति जनाउन सक्दिनँ । संयोजकले नै ‘यस्ता भुराभुरी’ भनेका छन् । यस्तो तरिकाले एकपटक होइन, कैयौँपटक अपमानित गरिएको छ । अहिले ती सबै कुराहरू बोल्ने ठीक समय होइन । पार्टी बैठकमा तयारी गरेर जाने मेरो बानी छ । त्यसका लागि मैले के–के कुराहरू पढ्न सक्छु, अघिल्लो राति मजाले पढ्छु । यो बानीमा मेरो विश्वास पनि छ ।
प्रतिक्रिया