व्यस्त बजारमा युवकमाथि तरबार प्रहार

७ बर्ष अगाडि

दाङको तुलसीपुरस्थित सल्यान रोडमा एक युवकमाथि तरबार प्रहार भएको छ ।

सल्यान रोडस्थित टेक्सी समितिको काउन्टरमा बसिरहेको अवस्थामा आएका अपरिचित युवाको समूहले गणेश हमालमाथि तरबार प्रहार गरेको प्रहरीले जनाएको छ ।

हमालको टाउको, हात, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ । गम्भीर घाइते हमालको तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । व्यस्त सडकमा दिउँसै तरबार प्रहार भएपछि नागरिक त्रसित बनेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले तरवार हानेर फरार युवाको खोजी भइरहेको बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया